काठमाडौँ। प्रधानन्यायाधीश पदमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतीले अनुमोदन गरेको छ।
आज सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो। श्रेष्ठको नाम प्रधान न्यायाधीश पदका लागि अनुमोदन भएको समितिको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।
त्यसअघि सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न राखेका थिए। यस्तै सुनुवाइ समितिबाट अनुमोदित श्रेष्ठलाई अब राष्ट्रपतिबाट सपथ लिनेछन्।
सांसदहरुले श्रेष्ठलाई सर्वोच्च अदालतबाट प्रधानन्यायाधीशमा सिफारिस भएकाहरुले एउटै कार्ययोजना प्रस्तुत गर्ने गरेको विषयमा प्रश्न राखेका थिए। यहि सनुवाइ समितिले यसअघि हरिकृष्ण कार्कीको पनि सुनुवाइ गरेको थियो। कार्की कार्यकाल समाप्त भएर अवकाश भइसकेका छन्।
त्यस्तै सांसदहरुले सर्वोच्च अदालतमा भएको मुद्दाको चाङ कसरी घटाउनुहुन्छ भन्ने प्रश्न सोधेका थिए।
सुनुवाइका क्रममा श्रेष्ठले आफूले अदालतमा विचौलिया नियन्त्रणका लागि काम गर्ने बताएका थिए। त्यस्तै श्रेष्ठले न्यायपालिका सुधारको काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सुनुवाइ समितिमा श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परेका थिए।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend