Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी: मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने, उपसभामुख काठमाडौँ हिँडेपछि प्रदेशसभा बैठक अनिश्चित


    सोमबार, भाद्र ४ २०८०
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । सभा बैठकबारे निर्णय गर्न आज सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

    मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पुनः बसेर सहमतिका लागि प्रयास गरिने बताए ।

    यता, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङ्बोले संसद् बैठक स्थगित हुन सक्ने बताए । विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशङ्काबी उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी छन् । बैठक छलेर उपसभामुख दनुवार अचानक बिरामी’ परेको भन्दै बिहान ७ बजे यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् ।

    दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी हस्तान्तरण हरेकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार