Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद्को अवरोध हटाउन बसेको सभामुख-सचेतकको बैठक निष्कर्षविहीन


    आइतबार, भाद्र ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष टुंगिएको छ।

    उक्त बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

    उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ।’

    बैठकमा आफूले दुवैतर्फको अडानले संसद्लाई बन्दी बनाउँदा राम्रो नगरेको बैठकमा राखेको बताए।

    उनले भने, ‘सदनमा अन्य दल पनि छन्। जनमतको लोकप्रियता पनि बुझ्नुभएको छ। हामी जनताबाट आएको हौँ फेरि जनतामै फर्किएर कुरा राख्छौैं तर, यहाँ व्यवस्थामाथि नै प्रश्न उठ्यो।’

    बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार