Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि सुरु 


    शनिबार, भाद्र २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आइतबारदेखि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरू हुने भएको छ।

    आज शनिबार काठमाडौ‌ंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो।

    त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ।

    दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

    पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उनले बताए।

    ‘हामी पोलिटब्युरो बैठक भोलिदेखि सुरू गरिरहेका छौं। यसका एजेण्डाहरू हामीले पहिले नै तय गरेर पठाइसकेका छौं। भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ,’ उनले भने।

    यस्तै आइतबार बेलुकी ६ बजे समाजवादी मोर्चाको बैठक पनि बस्ने उनले बताए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार