Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रविले भने– जेल गएकालाई पार्टीबाट निकाल्न नसक्नेले सुध्रिने गफ नदिए हुन्छ


    शनिबार, भाद्र २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • झापा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ वर्षदेखि पुराना दलहरुले जनता ठग्ने धन्दा चलाइरहेको आरोप लगाएका छन् ।

    झापामा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले यस्तो ठगिको शिलशिलालाई अब बन्द गर्नुपर्ने बताए । ‘किस्ताकिस्तामा होइन् अब एक पटक यो बन्द गर्नुपर्छ,’ उनले भने ।

    लामिछानेले एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिरिदा ठूला दल ठूला नेताहरुलाई अहिले ‘सिल्पीङ ट्याब्लेटले पनि निद्रा नलागेको टिप्पणी गरे । २०८४ सालको निर्वाचनमा बहुमत ल्याएर भ्रष्ट्रहरुलाई एकएक गरेर जेल हाल्ने उनको दाबी थियो ।

    उनले रास्वपाका २१ जना सांसद भ्रष्टाचारीहरुको कानको जाली फुट्ने गरेर कराउन पर्याप्त रहेको भन्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको बयान नलिने कुरा मान्ने हुननसक्ने बताए ।

    लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रति लक्षित गर्दै भ्रष्टहरुलाई पालेर हामी सुध्रीन्छौं भन्दै जनता नझुक्याउन चुनौती समेत दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार