Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समृद्धि केही व्यक्तिमा सीमित हुनुहुँदैन: अर्थमन्त्री


    शनिबार, भाद्र २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक समृद्धिलाई केही व्यक्तिमा सीमित बनाउन नहुने टिप्पणी गरेका छन्।

    नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ‘ख’को सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आर्थिक समृद्धि हासिल गर्ने नै लक्ष्य रहेको बताए। “हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउने हो,” महतले भने, “समृद्धि केही व्यक्तिमा सीमित हुनुहुँदैन।”

    आर्थिक समृद्धि हासिल गर्न सबैले लाग्नुपर्ने उनको भनाइ थियो। “कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ,” महतले भने। “सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोडनुपर्छ। यी सबै जोड्यो भने बलियो भइन्छ, मिसन सफल हुन्छ।”

    कुनै पनि संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने उनेको तर्क थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार