पोखरा। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई छुटाउन पार्टीको बैठकले निर्देशन दिन नमिल्ने दाबी गरेका छन् । प्रेस सेन्टर कास्की समन्वय समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले दोषीलाई गठबन्धनका दलले बचाउन खोलेको भन्ने कुरा सत्य नभएको उल्लेख गरेका हुन् ।
‘पार्टीहरूको बैठकले निर्देशन दिन मिल्ने कुरा होइन, त्यस कारण राजनीतिक दलहरूको बैठक, गठबन्धनको बैठक त्यसका लागि बसेको भन्ने कुरा नै सत्य होइन,’ उनले भने, ‘सरकार वा गृह मन्त्रालय त्यसलाई स्वीकार गर्दैन,’ उनले भने ।
गृहमन्त्री श्रेष्ठले मन्त्रीहरूले पनि अनुसन्धानमा हस्तक्षेप गर्न नमिल्ने बताए । ‘अनुसन्धानमा त स्वयं मन्त्रीले फलानालाई ल्याइजा, फलानालाई नल्याइजा भन्न मिल्दैन,’ उनले भने, ‘हामीले प्रहरी संयन्त्रलाई स्वतन्त्र र निष्पक्ष तरिकाले अनुसन्धान अगाडि बढाऊ, तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी दायरा ल्याऊ भन्न मात्रै मिल्छ, हामीले ।’
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले तथ्य र प्रमाणका आधारमा दोषी देखिए माओवादीलाई पनि नछोड्ने दाबी गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend