Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागेश्वर बाबा भेट्न गृह र परराष्ट्रमन्त्री हाेटलमै पुगे


    शनिबार, भाद्र २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ सँग गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले भेटवार्ता गरेका छन् । हिजाे राति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले बागेश्वर बाबासँग भेटघाट गरेका हुन् । शास्त्रीले आजै प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छन्।

    हाेटलकाे एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गाेप्यरूपमा भेट दिएको स्राेतले बतायो । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेकाे समय दिइएकाे थियाे । मन्त्री श्रेष्ठले शास्त्रीलाई भेट्न केहीबेर प्रतिक्षासमेत गर्नुपरेकाे बुझिएकाे छ । उनी राति साढे १० बजेतिर बाहिरिएका थिए ।

    भेटमा शास्त्रीले गृहमन्त्रीलाई नेपाललाई पुन: हिन्दु राज्य बनाउन पहल गर्न सुझाव दिएकाे स्राेतकाे भनाइ छ । श्रेष्ठले आफू पनि हिन्दु नै भएकाे भन्दै आध्यात्मप्रति झुकाव रहेकाे बताए । भारतबाट सत्गुरू आउँदा भेट्ने गरेकाे तथा स्वामी आनन्द अरूणसँग पनि निकट रहेकाे उनले सुनाएका थिए । हिन्दु राज्यका विषयमा पनि आफू सकारात्मक नै रहेकाे उनकाे भनाइ थियाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार