Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो


    शुक्रबार, भाद्र १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भदौ महिनाको पहिलो दिन नेपाली बजारमा चाँदीको मूल्य बढ्दा सुनको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।

    यस्तै, तेजाबी सुनको मूल्यमा समेत अघिल्लो दिनकै मूल्य कायम भएको छ । तेजाबी सुनको मूल्य आज पनि प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तर, चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार