Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री र चिनियाँ उपमन्त्रीबीच शिष्टाचार भेट


    शनिबार, माघ १३ २०८०
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भेट भएको हाे ।

    साे भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको बताइएको छ । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार