Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लम्पी स्किन रोग नियन्त्रणका लागि पूर्व कार्ययोजना बनेको छ : सचिव खराल


    बिहिबार, साउन ३२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले पूर्व कार्ययोजना बनाएको बताएका छन् ।

    बिहीबार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समितिमा पशु सचिव खरालले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि कार्ययोजना बनाएर सरकारको केन्द्रीय अनुगमन तथा मुल्याङ्कन समितिमा पेस गरिसकेको जानकारी दिए ।

    सचिव खरालले कार्ययोजनमा रोग नियन्त्रणका लागि पूर्वतयारी, खोप अभियान सञ्चालन र देशभित्रै खोप उत्पादनका विषय समेटिएको बताए । खरालले भदौसम्म पूर्व तयारीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने र माघसम्म पूर्ण खोप अभियान सञ्चालन गर्ने सोच रहेको बताए । सरकारले राहतको सशक्त माध्यम पशुधन बीमा भएपनि यो प्रभावकारी नभएको स्वीकार गरे । उनले कार्ययोजना सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।

    सचिव खरालले पशुधन बीमाबाट किसानले लाभ लिन नसकेको भन्दै यसको नियमन गर्ने निकाय बीमा प्राधिकरण भएको बताए । लम्पी स्किन रोग नियन्त्रणका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको गुनासो गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार