Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सूर्यविनायक नगरपालिकामा दुई दिन विद्यालय बन्द


    बुधबार, साउन ३१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले दुई दिन सबै विद्यालयहरु बन्द गरेको छ । आँखा पाक्ने रोगले विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।

    हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ । यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार