काठमाडौं । बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएका आरोपमा टिपरधनीसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्रीसहित टिकाथली बस्ने भीमसेन खत्री र सिन्धुलीका घर ललितपुरको टिकाथली नै बस्ने रंगबहादुर बुढाक्षेत्री रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदीपकुमार खत्रीले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअघि बा ३ ख २८९४ नम्बरको टिपर किनेका थिए । त्यो टिपर उनका कान्छा भाइ भीमसेनले चलाउँदै आएकोमा ४ महिनाअघि टिपर ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएको थियो ।
टिपर बनाउन धेरै पैसा लाग्ने भएपछि प्रदीपकुमारको योजनामा साउन १२ गते राति भीमसेन र रंगबहादुरको संलग्नतामा पेट्रोल छर्केर उनीहरुले त्यो टिपरमा आगो लगाएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनीहरु त्यसको भोलिपल्ट दिउँसो टिपरमा आगोलगाउनेलाई खोजी गरी कारबाहीको माग गर्दै उजुरी लिएर प्रहरी वृत्त चापागाउँ पुगेका थिए । उनीहरुले बीमा दाबी प्रयोजनाका लागि समेत आवश्यक सिफारिस प्रहरीसँग मागेका थिए । त्यसपछि शंका लागेर छानबिन गर्दा टिपरमा उनीहरुले नै आगे लगाएको पाइएकाले अपराधिक उपद्रव कसूरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend