काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले मेहिनेत र लगनशीलता भए देशमै पर्याप्त अवसरहरु रहेको उल्लेख गरेका छन् । उनले विदेश जाँदैमा सबै कुरा आफैं नहुने भन्दै विदेशमा गएर गर्ने मेहिनेत र पसिना स्वदेशमै गर्न आग्रह गरे ।
आज बुधबार राष्ट्र निर्माण मन्च नेपाल र ‘उद्यमशील युवा सृजनशील युवा’ राष्ट्रिय अभियानले काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री महतले स्वेदशमै भएका अवसरको सदुपयोग गर्नेमा उद्दत हुन युवाहरुलाई आग्रह गरे ।
‘देशबाहिर सुनको श्रीलंका छैन, विदेश जाने तयारीमा रहनुभएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन, उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाई पूरा नहुने परिस्थिति, आर्थिक श्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उहाँहरु गुज्रिनुभएको छ । त्यहाँबाट ननिस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ । त्यसैले विदेश जाँदामात्रै केही गर्न सकिन्छ भन्ने सोच पहिले त्याग्नुपर्छ,’ उनले भने, ‘त्यसपछि स्वदेशमा पनि अवसर भेट्टाउन सकिन्छ, देख्न सकिन्छ । हामीले सकेसम्म स्वदेशमा भएका अवसरहरुको सदुपयोग गर्नुपर्छ ।’
उनले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताए । ‘नेपालमा विकासशील राष्ट्रमात्रै हो । यहाँ धेरै कुरा अझै गर्न बाँकी नै छ,’ उनले अघि भने, ‘त्यसैले यहाँ धेरै अवसर पनि छन्, त्यो अवसर देख्न सुष्म नजर चाहिन्छ ।’
अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै ठीकठाक हुन्छ भन्ने सोच नै अहिलेको समस्या भएको बताए । ‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन,’ उनले भने, ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend