Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई राष्ट्रपति पौडेलको सुझाव- संसदको गतिरोध अन्त्य गर्नु पर्‍यो


    बुधबार, साउन ३१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि भइरहेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको गतिरोध अन्त्य गर्न पहल गरिरहेका छन्।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले केहि समयदेखि संसद बैठक चल्न दिएको छैन।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको छ।

    एमालेको नाराबाजी र वेल घेराउले प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म र राष्ट्रिय सभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ। यसबीचमा संसदको गतिरोध हटाउन राष्ट्रपति पौडेलले पनि पहल गरिरहेका छन्।

    राष्ट्रपति पौडेलले बुधबार दिउँसो प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग शितलनिवासमा भेटवार्ता गरेका छन्। भेटवार्ता संसदको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको थियो।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।

    ‘समसामयिक राजनीतिक घटनाक्रम र मुख्यगरी सदनको गतिरोध अन्त्य गर्ने विषयमा उहाँहरूबीच कुराकानी केन्द्रित भयो,’ पोखरेलले भने, ‘लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता र संसदप्रति नै नकरात्मक प्रभाव पर्ने भएकोले गतिरोध अन्त्य गर्न राष्ट्रपतिज्यूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई ध्यानाकर्षण गराउनुभएको छ।’

    राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई भेटेर विश्वासको वातावरण सिर्जना गरी सदन चल्ने वातावरण बनाउन पनि आग्रह गर्दै आएका छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार