Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शीतलनिवासमा राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


    बुधबार, साउन ३१ २०८०
    1.1K
    Shares
    uml chairman kp oli and nepali congress leader ramchandra paudel
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

    १०० किलो भनिएको सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन

    यसै सन्दर्भमा राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार