Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना


    बुधबार, साउन ३१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन् ।

    भण्डारीको स्वस्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको उनका स्वकीय सचिव बोधराज कडेलले बताए ।

    गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए । ४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि उनलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार