Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाटै चीन जाने


    मंगलबार, साउन ३० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी भदौ ३० गते अमेरिका जाने तयारीमा रहेका छन्।

    बालुवाटारमा आज मंगलबार सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमणबारे जानकारी दिएका हुन्।

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने छन्।

    न्युयोर्क भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन जाने कार्यक्रम तय भएको छ। उनी असोज ४ मा सिधा चीन जाने छन्।

    बेइजिङमा हुँदा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय वार्ता गर्नेछन्।

    वार्ताका क्रममा किमाथांका र रसुवागढीबाट अन्तरदेशीय प्रसारण लाइन बनाउनेलगायत विषयमा कुरा हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार