Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रचण्ड


    मंगलबार, साउन ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने दाबी गरेका छन् ।

    सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् ।

    ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टि स्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।

    टी स्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार