Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रमणका लागि उपराष्ट्रपति यादव आज चीन जाँदै


    सोमबार, साउन २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज(सोमबार) चीन जाँदै छन् । सातौं चाइना–साउथ एसिया एक्स्पो र २७औं चाइना कुनमिङ इम्पोर्ट एण्ड एक्सपोर्ट (कुनमिङ फेयर) मा सहभागी हुन उनी चीन जान लागेका हुन् । एक्स्पो कुनमिङमा बुधबारदेखि सुरु हुँदैछ ।

    उपराष्ट्रपतिको चीन भ्रमण टोलीमा उनको श्रीमती चम्पादेवी यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र अन्य उच्च सरकारी अधिकारीहरु रहेका छन् ।

    उपराष्ट्रपति यादवले एक्स्पोलाई बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सातौं चाइना–साउथ एसिया एक्स्पोमा नेपाललाई ‘थिम कन्ट्र’को रुपमा राखिएको छ । एक्स्पोमा नेपाल प्याभिलियन रहनेछ जसको उद्घाटन उपराष्ट्रपति यादवले गर्नेछन् ।

    यस्तै उक्त भ्रमण सकेर उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार