Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्री साहले भनिन्- जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु


    सोमबार, साउन २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने दाबी गरेकी छन् ।

    आज शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी मन्त्री साहले आफ््नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताइन् ।

    सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

    पार्टीले दिएको निर्देशनअनुसारभन्दा पनि संविधानको व्यवस्थाअनुसार आफूले काम गर्ने उनको भनाइ छ ।

    “सरकारी निकायको जति पनि काम कारबाही हुन्छ, यो संघीय मामिला मन्त्रालयको, आम नागरिकलाई सहज ंढंगले सेवा प्रवाह हामीले कसरी दिनसक्छौँ ? त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ,” उनले भनिन्, “आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौँ । पार्टीको कुरा यसमा आएन । संविधानअनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौँ ? त्यसमा लाग्ने हो ।”

    जनमत पार्टीको तर्फबाट साह मन्त्री पदमा नियुक्त भएकी हुन् । यसअघि, नेकपा (माओवादी केन्द्र)को तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिएका अमनलाल मोदीलाई साउन २८ गते आइतबार (हिजो) मन्त्री पदबाट फिर्ता बोलाइएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार