Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाशमानले भने- पैसाको बलमा राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती छ


    सोमबार, साउन २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

    प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज बिहान काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा भएको भेटमा उनले सो धारणा राखेका हु्न् । ‘पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ,’ उनले भने ।

    राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यहरूसहित प्रजातन्त्रवादी बौद्धिक समुदायलाई उनले आह्वान गरे ।

    उनले मुलुकमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरु एकजुट हुनुपर्ने समेत बताए । मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै संकट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता आवश्यक रहेकोमा उनले जोड दिए ।

    प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक संघ, संस्थाको अस्तित्वसमेत नामेट हुने भन्दै सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजलाई आह्वान गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार