Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्दै


    सोमबार, साउन २९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशसभाको बैठक आगामी भदौ १ गते दिउँसो बस्ने तयारी गरिएको छ । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो ।

    प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका छन् । यसअधि कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद् सचिवालयमा दर्ता भएका दुईवटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।

    कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार