Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनमतकी अनिता देवीले लिइन् मन्त्री पदको सपथ


    सोमबार, साउन २९ २०८०
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवी साहले आज मन्त्री पदको शपथग्रहण गरेकी छन् । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएपछि उक्त पदमा अनिता देवी साह नियुक्त हुने भएकी थिइन्।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार