Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एमालेको नाराबाजीपछि संसद बैठक स्थगित


    मंगलबार, साउन २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले फेरि अवरोध गरेपछि आजको संसद बैठक स्थगित भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेले संसद अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

    बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगन गरिएको छ । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आइरहेको छ । एमालेका सचेतक महेश बर्तौँलाले संसद सरकारको कारणले अवरोध भएको दाबी गर्दै गृहमन्त्रीले एमालेप्रति आरोप लगाउँन खोजेको दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार