Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फरार सांसद कोइरीको विषयमा संसदमा विवाद, बैठक आधा घण्टालाई स्थगित


    शुक्रबार, बैशाख १५ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित भएको बताएका हुन् ।

    सभामुख देवराज घिमिरेका अनुसार उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा बिरामी भएको भनिएको छ ।

    एमाले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सूचना सुनाए पछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विरोध जनाए । उनले विरोध जनाएसँगै कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरू उठेर विरोध गरे । सोही विरोधका कारण सभामुखले बैठक स्थगित गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार