Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करिश्मा मानन्धर भन्छिन्- विवादित हुन मलाई कुनै आपत्ती छैन


    सोमबार, साउन २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चर्चित अभिनेत्री करिश्मा मानन्धर समय समयमा विवादमा परिरहेकी हुन्छिन्। तर उनी जति विवादमा परेपनि सामाजिक सञ्जाल होस् वा सार्वजनिक कार्यक्रम सबैतिर उस्तै सक्रिय देखिन्छिन्।

    उनै अभिनेत्री आइतबार चलचित्र विकाश बोर्डमा ‘भुवन चैत्य बसुन्धरा फाउन्डेसन’ले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा उपस्थित भइन्।

    फाउन्डेसनद्धारा सम्मानित अग्रज कलाकार मिथिला शर्मा र शर्मिला मल्ल माथि टिप्पणी गर्न मञ्चमा पुगेकी करिश्माले विवादसँग आफूलाई कुनै डर नभएको बताइन्।

    उनले पछिल्लो समय सहकारीको ठगीमा परेको भन्दै माइतीघरमा अनसन बसेको कुरा उठाउँदै आफू यो कुराले विवादमा परेपनि आपत्ति नभएको बताएकी छन् ।

    उनले ठगीमा परेका कलाकारको समस्या समाधान गर्न सरकारले चासो दिनु पर्ने बताउँदै भनिन्, ‘यो कुरा उठाउँदा म विवादमा पर्न सक्छु। विवादित हुन मलाई कुनै आपत्ति छैन।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार