काठमाडौं। गत सोमबार सरोज खनाल निर्देशित फिल्म ‘बगान’ को पोस्टर पोलमा टाँसेर वातावरण प्रदुषित गरेको भन्दै उक्त फिल्म निर्मातालाई काठमाडौं महानगरपालिकाले ५० हजार जरिवाना तिराएको थियो।
‘बगान’की अभिनेत्री करिश्मा मानन्धरले आज महानगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई फेसबुकमा व्यंग्य गरेकी छन्। उनले महानगरले ५० हजारको जरिवाना लिएर ५ लाखको विज्ञापन गरिदिएको उल्लेख गरेकी छन्।
तस्बिरहरू सेयर गर्दै लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो। कसले भन्छ बालेन जी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर? जय बगान।’
सोमबार महानगरले जरिवाना तिराएपछि निर्माता सुरेश वाग्लेले महानगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई मेन्सन गर्दै फेसबुक पोस्टमा असन्तुष्टि जनाएका थिए।
‘बालेन जी, आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग त गर्नु भएन तर अवरोध चाहिं नगरिदिनुहोल। बाँकी कुरा मिडियाप्रेमी महानगर प्रहरी प्रमुख राजु पाण्डेजीलाई सोघ्नुहोला,’ उनले लेखेका थिए। उक्त फिल्म अहिले नेपालका हलहरूमा प्रदर्शनरत् छ।

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend