काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग नजिकिएको भन्ने सन्दर्भ उठाएर यसबारे प्रष्टीकरण दिएका छन्।
१४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग प्रतिस्पर्धा गरे पनि संस्थापनइतर समूहको नेता हुन नसकेको आरोप कोइरालामाथि लाग्दै आएको छ।
साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा कोइरालाको भूमिकालाई लिएर पनि उनी देउवासँग नजिकिएको आकलन समूहभित्रबाटै भइरहेको छ।
महामन्त्री गगन थापामाथि केन्द्रीय समितिमा सभापति देउवा समूहले गरेको ‘घेराबन्दी’ मा शेखर ‘मौन’ बसिदिएको आरोप उक्त समूहभित्रैबाट आइरहेको थियो।
यसबारे शेखरले बिहीबार काठमाडौं प्रेस युनियनले गरेको पदस्थापना कार्यक्रममा मुख खोलेका छन्।
‘सभापति देउवासँग शेखर मिल्यो भनेर लेखिराखेका छन्, केमा मिल्यो मैले बुझ्न सकेको छैन,’ कोइरालाले भने, ‘सभापतिले बोलाउनुभएको बेला भेट्न गएको हुँ।’
उनले सभापतिले बोलाएका बेला मात्रै आफू भेट्न गएको र भेट्न आउँछु भनेर आफूले समय लिएर सभापति देउवालाई नभेटेकोसमेत प्रष्टीकरण दिए।
‘सभापतिले बोलाउनुभयो भने जानुपर्यो,’ उनले भने, ‘नबोलाई म आउँदैछु भनेर म जाने गरेको छैन, जान्न पनि!’
सभापति देउवासँग केमा मिलेको हो खुलाइदिनसमेत उनले आग्रह गरेका थिए। ‘मिल्ने भनेको त एजेन्डामा होला, कतिपय विषयमा सभापतिजी तपाईंहरूका निर्णय गलत छन् भनेर मैले भनेकै छु, तपाईंहरू यसबारे लेखिदिनुहुन्न,’ उनले गुनासो गरे।
गाली गर्ने स्वभाव आफूमा नभएको उनको भनाइ छ।
‘मलाई मेरो परिवारले केही संस्कार दिएको छ। गाली नगर, बरू गाली खाऊ, पचाऊ,’ उनले भने, ‘चित्त नबुझेका कुरा छन् भने बरू नबोल भनेका छन्।’
सभापति देउवासँग पहिले आफ्नो भेट हुने नगरेको पनि बताए। ‘पहिलेपहिले देउवासँग भेट गर्दैनथे, आजकल गर्छन् भन्ने कुरा पनि आएको छ। पहिले उहाँले बोलाउँदै बोलाउनुहुन्थेन त के भेट गर्ने?,’ उनले प्रश्न गरे, ‘बोलाएपछि त भेट्न जानुपर्यो, उहाँ सभापति हो।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend