Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरूवा बन्दुक प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ


    बुधबार, साउन १७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ। श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

    ४७ वर्षीया गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय उनका श्रीमान् श्री प्रसाद आलेलाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो।

    उक्त भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएकी गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार