Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जीपको ठक्करबाट झापामा एकजनाको मृत्यु


    मंगलबार, साउन १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापाको कनकाई नगरपालिका–४, त्रिवेणीचोकमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको ज्यान गएको छ । उक्त घटनामा एकजना घाइते छन् ।

    हिजो बेलुका करिब साढे ८ बजे हाल नम्बर खुल्न नसकेको जीपले मे३प ७०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार कनकाई–४ कै ३५ वर्षीय शम्भू लिम्बूको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् जीपसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार