Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा भत्ता बुझेर घर फर्किँदै गरेका वृद्ध मृत भेटिए


    मंगलबार, साउन १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैतडी। बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्ध मृत भेटिएका छन् । पञ्चेश्वर गाउँपालिका-६ रोडीदवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी भन्ने ठाउँमा मृत भेटिएका हुन्।

    पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ कुलाउँमा रहेकाे नविल बैंकबाट वृद्धभत्ता बुझेका भण्डारी हिजाे बेलुकीसम्म घर नपुगेपछि खाेजी गर्दा मृत भेटिएका प्रहरीले बतायो । उनको शव आज बिहान फेला परेकाे हाे ।

    भण्डारी झन्डै ६ घण्टा हिँडेर भत्ता लिन गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार