Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहामा एक युवकको शव फेला


    मंगलबार, साउन १६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

    सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भएको छैन ।

    युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले जानकारी दिए ।

    आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार