काठमाडौं । बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो । असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ । साउन १५ मा काठमाडौँ उपत्यकामा मात्र खिर खान २० लाख लिटर दुध बिक्री हुने लक्ष्य राखिएको छ ।
सरकारी तथा निजी क्षेत्रले २० लाख लिटरभन्दा धेरै दुध बेच्ने लक्ष्य लिएको डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । दुग्ध विकास संस्थानले साउन १५ गते एक लाख ४५ हजार लिटर दुध बिक्री गर्ने लक्ष्य लिएको छ । उपत्यकामा दैनिक आठ लाख लिटर दुध बिक्री हुँदै आएको छ ।
अघिल्ला वर्षहरूमा भने यसबेला दुध आपूर्ति असामञ्जस्य हुँदा उद्योगीदेखि व्यवसायीसम्म निकै तनावमा हुन्थे तर यस वर्ष यस्तो तनाव उनीहरूले भोग्नु नै परेन । गाईभैँसीमा लम्पी स्किनले निकै प्रभावित तुल्याए पनि बजारमा दुध अभाव देखिएको छैन ।
भारतबाट चोरी आयात भएकाले पनि नेपाली बजारमा दुध अभाव नभएको बताइएको छ । भारतबाट अवैध रूपमा दुध भित्र्याएर आपूर्ति व्यवस्था सहज तुल्याए पनि यसले अन्ततः नेपाली दुग्ध उत्पादन पुनः परनिर्भरतातर्फ धकेलिने पो हो कि भन्ने चिन्ता भने थपिएको छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भने, “भारतबाट दुध भित्रिँदा नेपाली बजारमा दुध अभाव नभएको हो ।”बर्खामा दुध अभाव नभएको सम्भवतः पहिलो पटक भएको दुध व्यावसायीहरू बताउँछन् । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा। मनोजकुमार शाहीले कम्तीमा ११ लाख पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएर दुध उत्पादनमा करिब ४० प्रतिशतले कमी आउन सक्ने अनुमान गरिएको बताए ।
बजारमा दुध अभाव नभएपछि हाल पाँच वटा डेरी उद्योगले धुलो दुध बनाउने कार्य जारी राखेका छन् । ती उद्योगले दैनिक चार लाख ५० हजार लिटर कच्चा दुधबाट पाउडर दुध बनाउने क्षमता राख्छन् । त्यस्तै सरकारी स्तरको दुग्ध विकास संस्थानको स्वामित्वमा रहेको कारखानाले दैनिक ६० हजार लिटर दुधलाई धुलो दुध बनाउन सक्छन् । यो समाचार गोरखापत्र दैनिमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend