Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश


    आइतबार, साउन १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    सरकारले चालु आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्य मार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेको थियो । ट्राभल तथा टुर अपरेटरहरुको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सो निर्णयविरुद्ध अदालतमा रिट निवेदन दिएको थियो ।

    यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार