Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण


    आइतबार, साउन १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । १०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराएको हो ।

    आइतबार सिंहदरबारमा बसेको समितिको बैठकबाट सो विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको एक सदस्यले जानकारी दिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो अवैध सुनका विषयमा समितिले चासो व्यक्त गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार