Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तामाङ घेदुङको चेतावनी: विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरे आन्दोलनमा उत्रिने


    आइतबार, साउन १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तामाङ र मगर समुदायप्रति गलत टिप्पणी गरेपछि तामाङ घेदुङ संघले अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

    आज (आइतबार) पत्रकार सम्मेलन गर्दै संघले मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको आरोप लगाउँदै अविलम्ब पक्राउ नगरे आन्दोलन गर्ने संघका अध्यक्ष मोहन गोलेले बताए ।

    अधिवक्ता पाण्डेले तामाङ, मगर समुदायलाई अपराधी करार गर्ने किसिमको अभिव्यक्ति दिएको संघले आरोप लगाएको छ । पाण्डेलाई पक्राउ गर्न अदालतले अनुमति दिए पनि उनलाई हालसम्म पक्राउ नगरिएकाे प्रति संघले आपत्ति जनाउँदै कारबाहीकाे माग गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार