Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पोखरीमा डुबेर महोत्तरीमा दुई बालिकाको मृत्यु


    आइतबार, साउन १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन् ।

    मावली गाउँ महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनी आएका दुबै बालिकाको हिजो शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

    प्रहरी निरीक्षक मनोज यादवका अनुसार आमाको साथमा मामा गाउँ आएकी अर्चना र चंचला शनिबार दिउँसो १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको थियो । खोजतलासको क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक यादवले बताए ।

    दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार