काठमाडौं । आवश्यक रकम अभावका कारण नेपाल विद्याभूषण पदक वितरण यस पटक पनि अनिश्चित भएको छ। पदक वितरण चार वर्षदेखि रोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति टुङ्गो लागेपछि मात्रै वितरण गर्ने भन्दै २०७६ सालदेखि विद्याभूषण वितरण रोकेको हो। यसले गर्दा स्नातक र स्नातकोत्तर तहका सर्वोत्कृष्ट तथा विद्यावारिधि उपाधि हासिल गरेकाहरू विद्याभूषण पाउनबाट वञ्चित भएका हुन्।
यस पटकबाट राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरिएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित भएको मितिलाई आधार मानेर उक्त दिनलाई शिक्षा दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। नियमित रूपमा वितरण गर्न नसकिएका कारण यो अवधिमा कति जनालाई विद्याभूषण वितरण गर्नुपर्ने थियो भन्ने यकिन तथ्याङ्कसमेत मन्त्रालयसँग छैन।
मन्त्रालयको उच्च शिक्षा शाखाका उपसचिव रामप्रसाद सुवेदीले चालु आर्थिक वर्ष २०८०/८१ मा विद्याभूषणका लागि ६० लाख रुपियाँ मात्र विनियोजन भएको बताए । उनले शिक्षा दिवस मनाउने सन्दर्भमा कम्तीमा छ करोड रुपियाँ आवश्यक पर्ने जानकारी दिँदै भने, “अर्थ मन्त्रालयसँग रकम माग गरेका छौँ। पाइन्छ कि पाइँदैन भन्ने निश्चित भइसकेको छैन।”
गत वर्ष विद्याभूषण वितरणका लागि चार करोड रुपियाँ विनियोजन भएको थियो तर गत जेठमा मात्र राष्ट्रिय शिक्षा दिवसको मिति टुङ्गो लागेकाले सो रकम अन्य शीर्षकमा खर्च गरिएको थियो। यस पटक पनि अन्योल नै भएकाले मन्त्रालयले विद्याभूषणका लागि अझैसम्म आवेदन माग्न सकेको छैन।
रकम जोहो भइहालेमा पनि विद्याभूषणको तयारी गर्न न्यूनतम दुईदेखि तीन महिनासम्म लाग्ने छ। “समय धेरै छैन। छिटो अर्थ मन्त्रालयले निर्णय गरिदिनु पर्छ,” उनले भने। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend