Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा ट्रक दुर्घटना, दुई किशोरी घाइते


    शनिबार, साउन १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । दाङमा ट्रक दुर्घटना हुँदा दुई जना किशोरी घाइते भएका छन् ।

    लमही- घोराही सडक खण्डको चौपट्टा नजिक आज दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् ।

    घाइते हुनेहरूमा लमही नगरपालिका- २ बस्ने बर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    घोराहीतर्फ आउदै गरेको ट्रकको घोराही उपमहानगरपालिका-३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो ।

    टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।

    त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार