जनकपुरधाम। तीन वर्षको अवधिमा धनुषामा ५३० जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकअनुसार ०७७/७८ देखि ०७९/८० सम्ममा झुण्डिएर, विष सेवन गरेर तथा आगो लगाएर ५३० जनाले आत्महत्या गरेका हुन् ।
गत आर्थिक वर्षमा मात्र २१३ जनाले आत्महत्या गरेका छन्। जसमा १८३ जना झुण्डिएर, २९ जना विष सेवन गरेर र एकजनाले आगो लगाएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए।
तीन वर्षको अवधिमा भने ४३९ जनाले झुण्डिएर, ८७ जनाले विष सेवन गरेर र ४ जनाले आगो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीको तथ्यांक छ।
प्रहरी नायब उपरीक्षक गौतमका अनुसार ०७९/८० मा २१३ जनाले आत्महत्या गर्दा ०७८/७९ मा १४५ र ०७७/७८ मा १७२ जनाले आत्महत्या गरेका छन् ।
धनुषा प्रहरीको तथ्यांक अनुसार जेठ र असारमा मात्र तीन वर्षको अवधिमा १५७ जनाले आत्महत्या गरेका छन् । तीन वर्षको अवधिमा असारमा ९७ जनाले आत्महत्या गरेका छन् भने जेठमा ६० जनाले आत्महत्या गरेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend