Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जातीय समुदायबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी


    शुक्रबार, साउन १२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। तामाङ, मगर लगायत जनजाति समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार पाण्डेविरुद्ध पक्राउ पुर्जी केही दिनअघि जारी भएको हो।

    उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएकाे छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    एक टेलिभिजनसँगकाे अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने बच्चामा दुप्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार