Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सप्तरीमा करेन्ट लागेर एक युवकको ज्यान गयो


    बिहिबार, साउन ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको करेन्ट लगेर बुधबार राति मृत्यु भएको हो ।

    आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेकाे थियो ।

    गम्भीर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार