Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • महोत्तरीबाट पक्राउ परे मिटरब्याजीका नेता


    बिहिबार, साउन ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। महोत्तरीमा एक जना मिटरब्याजी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

    भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    ठूलो विवाद हुने देखिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले बताएको छ।

    प्रहरीका अनुसार आज पुनः जिल्ला प्रशासनमा छलफल हुनेछ । पक्राउ परेका इन्द्रजित साहुहरुको संगठन लेनदेन संघर्ष समितिका सहसचिव हुन् ।

    जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार