Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच केजी अफिमसहित बाँकेबाट तीन जना पक्राउ


    बिहिबार, साउन ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नेपालगञ्ज। बाँकेमा ५ किलो अफिमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेष्ट एण्ड लजबाट जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ का ४१ बर्षीय हरिप्रसाद भट्टराई, ३० बर्षीय देवीप्रसाद भट्टराई र ४० बर्षीय भवानी प्रसाद भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    उक्त लजको कोठा नम्बर १०६ मा लागूऔषध ‘अफिमको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले ५ किलो ३६८ ग्राम अफिम र ३ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुमाथि जिल्ला अदालत बाँकेबाट पाँच दिन म्याद थप गरी उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार