Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ


    बुधबार, साउन १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो ।

    तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेको विभागले जनाएको छ । उनलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

    त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार