Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


    बुधबार, साउन १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् ।

    एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

    संसद अवरुद्ध गर्नुअघि संसदको आकस्मिक समयमा विभिन्न दलका सांसदहरुले सुन तस्करी प्रकरणको छानविन गर्न र मुख्य अभियुक्तलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीलाई सरकारले सहयोग गरिरहेको आरोप लगाउँदै गृहमन्त्री, अर्थमन्त्री लगायतमाथि छानविन गर्न माग गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार