Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • नाबालिका बलात्कृत घटनामा एलओडीका सीईओ श्रेष्ठसहित ३ जनाविरुद्ध मुद्दा दायर


    बुधबार, साउन १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चर्चित एलओडी क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

    यस प्रकरणमा फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ परेका थिए । रविन भने फरार छन् । उनीहरूविरुद्ध बालबालिकाविरुद्ध कसुर गरेको आरोप लगाइएको छ ।

    सरकारी वकिलले ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय माग गरेका छन् ।

    एलओडीमा प्रवेश गरेकी १५ वर्षीया बालिका त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको भेटिएपछि प्रहरीले एलओडीका दुईजना सञ्चालकलाई पक्राउ गरेको थियो ।

    तर, सरकारी वकिलले उनीहरूलाई हाजिरी जमानीमा छाडेपछि कर्मचारीलाई पक्राउ गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार