Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • प्रमुख दलका नेतासहित २४ सय जनालाई निर्वाचन आयोगले तोक्यो १५ हजार जरिवाना


    मंगलबार, साउन ९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने २४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको छ । एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना हुने आयोगले जनाएको छ ।

    आयोगले गत वैशाख ४ गते निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन सम्बन्धित उम्मेदवारलाई भनेको थियो । तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी जानकारी नगराएका उम्मेदवारहरुलाई निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार जरिवाना रकम तय गरिएको आयोगले जनाएको छ ।

    कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, थापासँगै चुनावी प्रतिस्पर्धा गरेका एमाले नेता राजन भट्टराई, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, लोसपाकै नेता तथा वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरद सिंह भण्डारी, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं हालका खानेपानी महिन्द्र राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम, रास्वपाकै गणेश पराजुली लगायत छन् ।

    यस्तै, परराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउद, कांग्रेसका प्रम्ुख सचेतक रमेश लेखक, कांग्रेसकै उमकान्त चौधरी, स्वतन्त्र उम्मेदवार मिलन पाण्डे, अर्का स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना, सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायत कारबाहीमा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार