Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्र डुबानमा, हुलाकी राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती


    मंगलबार, साउन ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • दाङ। लगातारको वर्षापछि दाङको देउखुरी उपत्यकाभित्रका केही स्थान डुबानमा परेको छ । उक्त भारी वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग छेउँछाउँका बस्तीहरू जोखिममा परेका हुन् ।

    वर्षासँगै खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्र आसपासका घरहरू बाढी पहिरोको जोखिममा परेका हुन्। जिल्लाको लमही नगरपालिका‍- १ मा रहेको कौडियाखोलामा आएको बाढी होमपाइप उद्योगमा पसेको छ।

    पानीको निकास नहुँदा राजमार्ग उत्तर क्षेत्रका बस्तीहरू जलमग्न भएका छन्।

    यस्तै, गढवा गाउँपालिका वडा नं. ५ र ३ मा बाढीका कारण बस्तीहरू डुबानमा पर्ने जोखिम रहेको प्रहरीले बताएको छ।

    यसैगरी, राजपुर गाउँपालिका- ५ मा १० वटा घर डुबानको जोखिममा रहेको र अहिले पानी घट्ने क्रममा रहेकाले केही समस्या टरेको प्रहरीले जनाएको छ।

    वर्षाका कारण कालाकाटे सिक्टा हुलाकी राजमार्ग अवरुद्ध भएको छ। निर्माणाधीन सडकमा बाढीले असर पुर्याएको छ भने बन्दै गरेको पुलमा पनि क्षती पुर्याउन थालेको छ। ‍ यहाँ मात्र नभएर यहाँ आसपासका अधिकांश स्थानमा भारी वर्षाका कारण डुवान तथा सडक अवरुद्धका समस्या छन्।

    ‘बाटो अवरुद्ध छ। आउन जान समस्या छ’ प्रहरी प्रमुख वलीले भनिन्,’पानी परिरह्यो भने जोखिम बढेर जाने देखिन्छ।’

    लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले दाङ, प्युठानलगायत पश्चिमी भेगका स्थानीयलाई सास्ती दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार